spot_img

सुनको मूल्य आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो

spot_img

काठामडाैँ,  सुनको मूल्य आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । गएको आइतबार पनि सुनको मूल्य एकै दिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको थियो । आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी हिजो र अस्ती तोलामा एक हजार दुई सय ६५ रुपैयाँमा किनबेच भएको थियो । आज तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार चाँदी तोलामा एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img