काठमाडाैँ, निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा प्रचण्डलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ।गोरखा २ मा मनोनयन दर्ता गर्दा बाजागाजा (पञ्चे बाजा) बजाएको ठहर गर्दै बिहीबार आयुक्तहरूको बैठकले यस्तो निर्णय गरेको हो।
आयोगले सोधेको प्रचण्डले स्पष्टीकरणमा आफूले बगाउन नलगाएको, योजना नबनाएको, स्वतस्फूर्त रूपमा भएको जवाफ दिएका थिए।पञ्चेबाजा बजाएको भिडियो प्रचण्डको फेसबुक पेजबाटै लाइभ भएको थियो।रासस