spot_img

घट्यो पेट्रोलियम पदार्थको खपत

spot_img

काठमाडाैँ, पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ। नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालू आवमा पेट्रोलियम पदार्थको खपत कम भएको जानकारी दिएको छ।यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए।

उनका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालू वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ।०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार तीन सय १५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार आठ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो।

जब कि ०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार पाँच सय १३ किलोलिटर पेट्रोल र ७८ हजार चार सय २६ किलोलिटर मात्रै डिजेल खपत भएको छ।तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो।ट्यांकरचालकले भारतमै तेल हाल्दा, सीमानजिक हुनेले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुन सक्ने निगमको अनुमान छ। रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img