spot_img

डोल्पामा निर्वाचनको सुरक्षा चुनौती: उपल्लो भेगमा बुथ कब्जाको चिन्ता निर्वाचन आयोग उठ्यो,तल्लो भेगमा सामान्य

spot_img

निर्वाचन आयोगको दाबी स्वच्छ निर्वाचन हुन्छ
रुपक कुलाल,डोल्पा
मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । देशभर निर्वाचनको माहोल तातेको छ । सबै राजनीतिक दल प्रचारबाजीमा बेस्त छन्। यस्तै हिमाली जिल्ला डोल्पामा पनि चुनावी माहोल तातेको छ । सबै राजनीतिक दलका उम्मेदवार प्रचारप्रसारमा बेस्त छन्।जिल्लामा मुख्यगरी बामलोकतान्त्रिक गठबन्धन र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । राप्रपाले समेतले ठुला दलसामु चुनाती पेस गरेको छ । जित हासिल कस्ले गर्ने हो त्यो त मङ्सिर ४ पछीको नतिजासम्म कुर्नैपर्छ।

चुनावमा हारजित आफ्नो ठाउँमा छ । तर मुख्यगरि जिल्लाको उपल्लो भेगमा पर्ने काइके,छार्काताङसोङ ,डोल्पोबुद्ध, र शे-फोक्सुन्डो गाउँपालिकामा इतिहास देखि निर्वाचनमा बुथ कब्जा हुने र जनताले स्वतन्त्र रुपमा मतदान गर्ने अधिकारबाट बन्चित भएको गुनासो रहदै आएको छ । उपल्लो भेगको समस्याका विषयमा निर्वाचन आयोगसम्म उठान भने भएको छ । पत्रकार रुपक कुलालले यो समस्याका विषयमा आयोगका आयुक्त दिनेशकुमार थपलियासंग प्रश्न गर्नुभएको थियोे । जवाफमा आयुक्त थपलियाले यसपालिको चुनावमा पहिले जस्तो बुथ कब्जाको कुनै सम्भावना नहुने र स्वतन्त्र रूपमा मतदान गर्न पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । स्थानीय चुनावमा समेत त्यो भेगमा समस्या देखियकोले सुरक्षा ब्यवस्था कडा हुने आयोगको दाबी छ ।

हाल जिल्लामा माओवादी,कांग्रेस र समाजवादी सहितको गठबन्धन दल एकातिर र एमालेको छुट्टा छुट्ै प्रचार टोलि उपल्लो र तल्लो भेगमा प्रचारप्रसारमा ब्यस्त छन्।

स्वच्छ निर्वाचन गराउन कुनै कसर बाकी नराख्ने जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनको दाबी छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुबेदिका अनुसार इतिहास र गत स्थानीय चुनावमा देखिएका समस्यालाई आधार मानेर कर्मचारीलाई कडा निर्देशन सहुत सुरक्षा ब्यवस्था कडा पार्ने दाबी गर्नुहुन्छ । कर्मचारीले कहि कतै गल्ती गरे समेत गल्तीको भागिदार हुने अधिकृत सुबेदिको भनाइ छ ।

यस्तै प्रमुख जिल्ला अधिकारि बेदनिधी अधिकारिले समेत उपाल्लो डोल्पामा सेना,प्रहरी,शसत्र, र म्यादी प्रहरी समेतलाई बाक्लो संख्यामा परिचालन गरिने जानकारी दिए । नागरिकले स्वतन्त्र रूपमा मतदान गर्न पाउने अधिकार बाट कोहि बन्चित हुन नपर्ने उहाँको भनाइ छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img