spot_img

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

spot_img

काठमाडौँ,जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा भएको जिप दुर्घटना परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । बुधबार भएको सो दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेका लालबहादुर बुढाको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो । दुर्घटना जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा वडाअध्यक्ष शाहीसहित स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही, मालिका बस्नेत र बुढाको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा १ जना बेपत्ता छन् । बेपत्ताको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थलमा घाइतेको उद्दार र बेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।

गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीसहित सवार भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img