spot_img

बाबुराम घाेषणाः”ओली, प्रचण्ड र देउवाले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण दिन तयार छु”

spot_img

गोरखाःबहालवाला प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन्। पालुङ्टार नगरपालिका(६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताए।

‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ। म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरा। प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन्। चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो।’

अर्को फरक प्रसंगमा भट्टराईले केपी शर्मा ओलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएर बसिरहेको आरोप लगाए। ‘प्रचण्डजी केपी ओलीको पछि लागेर त जानु भयो तर अहिले धुरुधुरु रोएर बस्नु भएको छ’, भट्टराईले भने, ‘तपाईँहरु नपत्याउनु होला, बढि कुरा ग¥यो नभन्नु होला। म उहाँको निवासमा गइरहेको हुन्छ। उहाँलाई के भइरहेको छ भन्ने कुरा मलाई सबै थाहा छ, किनभने प्रचण्डजीसँग अहिले पनि मेरो अत्यन्त राम्रो सम्बन्ध छ। उहाँ मसँग बिलौना गर्नुहुन्छ। प्रचण्डजी ओलीको फेला पर्नुभयो। ओलीले पछारेको पछारै छन्।’ बाहिरबाट देख्नेले बाबुराम पनि नेकपामा जाँदै छ है भनेर गलत टिप्पणी गर्ने गरेको उनले बताए। ‘ओली गणतन्त्र र संघीयताका विरोधी हुन् भन्ने थाहा थियो। कम्युनिष्ट होइनन् भन्ने पनि थाहा थियो। लौ डुबियो, बर्बाद भयो कमरेड भनेर प्रचण्डजी सँधै बिलौना गर्नुहुन्छ।’ अन्नपूर्ण पाेष्टमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img