spot_img

नेपालले यूएईलाई ३ विकेटले हरायो

spot_img

काठमाडाैँ, दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएको छ । आज बुधवार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हरायो ।यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायो । नेपालका लागि गुलशन झा र आरिफ शेखले सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरे । गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट रहे । यस्तै कुशल भुर्तेलले ३५ रन बनाए । बलिङतर्फ यूएईका रोहन मुस्तफाले तीन र हजरत बिलालले दुई विकेट लिए ।

यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा एक सय ९१ रन बनाउँदा अलआउट भयो । यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिए । त्यस्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक÷एक विकेट लिए ।

यो जितसँगै नेपालले तीन खेलको शृङ्खलामा एक–एकको बराबरी गरेको छ । यसअघि भएको पहिलो खेलमा यूएई ८४ रनले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल आउँदो शुक्रवार हुनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img