काठमाडौं,कोरोनाकाल यता क्रमिक रूपमा अप्ठ्यारोमा पर्दै आएको नेपालको अर्थतन्त्र असोजमा आएर केही सुधार भएको छ । नेपालमा भित्रिने विदेशी मुद्राभन्दा बढी बाहिरिने क्रम चलेकोमा गत असोजमा विदेशी मुद्रा बढी भित्रिएकाले अर्थतन्त्र सकारात्मक देखिएको हो ।
जसले गर्दा विगतमा घाटामा रहेको शोधनान्तर स्थिति पहिलोपटक बचतमा आएको छ । गत असोज महिनामा शोधनान्तर स्थिति करिब साढे १२ अर्ब ४३ करोडले रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकका तथ्यांकले देखाएको छ ।
गत वर्षको असोजमा शोधनान्तर स्थिति ७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेकोमा अहिले आएर अमेरिकी डलरमा मात्र हेर्ने हो भने ९ करोड १ लाखले बचतमा रहेको छ । शोधनान्तर सुधार हुनुको पछाडि सरकारले आयातमा लगाएको प्रतिबन्ध तथा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिनु हो । अाजकाे राजधानी दैनिकमा खबर छ ।