वासिङटन डिसी,अमेरिकी प्राविधिक व्यवसायी एलोन मस्कले ट्वीटरका कर्मचारीलाई परिश्रम गरेर काम नगर्ने भए राजीनामा दिन अल्टिमेटम दिएका छन्। उनले कर्मचारीहरुलाई इमेल लेखेर या त कडा परिश्रम गर्न तयार हुन वा राजीनामाको तयारी गर्न अल्टिमेटम दिएका हुन्।
यस विषयमा प्रकाशित एक रिपोर्टमा अमेरिकी अखबार वासिङ्टन पोस्टले मस्कले आफ्ना कर्मचारीलाई बिहीबारसम्म कडा परिश्रम गर्ने वा जागिर छाड्ने निर्णय गर्न भनेका छन् ।मस्कले आफ्नो मेलमा ट्वीटरलाई आगामी दिनमा सफल बनाउन निकै मिहिनेत गर्नुपर्ने पनि बताएका छन्।
करिब ४४ बिलियन डलरमा ट्विटर खरिद गरेदेखि, मस्कले कम्पनीमा धेरै संरचनात्मक परिवर्तनहरू गर्दै आएका छन्। यसमा ट्वीटरको निलो टिक प्रमाणीकरणको लागि चार्ज गर्ने नीति पनि समावेश छ। मस्कले ट्विटरबाट ३५०० भन्दा बढी कर्मचारीलाई निकालेका थिए। बीबीसी