spot_img

चुनावपछि केपी ओलीको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना छैन,अध्यक्ष नेपाल

spot_img

काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले जतिसुकै धक्कु लगाएपनि ओलीको नेतृत्वमा सरकार नबन्ने ठोकुवा गरे ।

चुनावपछि भालिपनि गठबन्धनको सरकार बन्दै छ । जतिसुकै धक्कुु लगाउन केपी ओली नेतृत्वको सरकार बन्ने कुनै सम्भावना छैन । ’यदि कसैमा छ भने त्यो सपना त्यागिदिए हुन्छ ’ नेपालले भने, ‘चुनावपछि गठबन्धनकै सरकार फेरि बन्दै छ । त्यसैले गठबन्धनको एकताबद्ध देखाउन तीन जना उम्मेदवारलाई भोट हाल्नुपर्छ । सबैले तलमाथि नगरौं गठबन्धनलाई भोट हालेर जिताउनुपर्छ ।’

कांग्रेस, माओवादी एकीकृत समाजवादीका नेता कार्यकर्ता शुभेच्छुकले ओन्सरीसहित तीनै जनालाई भोट हाल्न नेपालले आग्रह गरे । तर समानुपातिकतर्फ भने आआफ्नो पार्टीलाई मत हाल्न नेपालले सुझाव दिए । यस क्षेत्रबाट ओन्सरी घर्ती निर्वाचित भएपछि जनताका थुप्रै काम गर्ने उनले बताए । आफूले समेत यो क्षेत्रको विकास निर्माणका काम धेरै गरेको नेपालले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img