spot_img

ओलीको सबै सिद्धान्त फेल भइसक्यो,अध्यक्ष दाहाल

spot_img

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थिरता र समृद्धिका लागि गठबन्धनलाई जिताउनुपर्ने बताएका छन्।कोटेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षा र स्थिरताका लागि गठबन्धन भएको बताएका हुन्।

प्रचण्डले केपी ओलीप्रति लक्षित गर्दै भने, ‘उनीहरू राजावादी छन्। राजतन्त्र फर्काउने कुरा गर्छन्। देशको एकता खलबल गराउने कुरा गर्छन्। उनीहरू दक्षिण पन्थी छन्। संविधान मिच्ने र च्यात्ने गर्छन्। त्यसो गर्नेलाई जनताले सोध्नुपर्छ। संविधान च्यात्न तपाईंहरूलाई भोट दिने हो ? भनेर।’

नेपालमा गणतन्त्र हुनुहुँदैन भन्ने केपी शर्मा ओलीको सिद्धान्त असफल भइसकेको उनको भनाइ थियो।प्रचण्डले भने, नैतिकताका आधारमा केपी ओलीजीले अब म राजनीतिमा रहन्न भन्नुपर्ने अवस्था भइसक्यो। तर, उहाँ मान्नुहुन्न। उहाँको सिद्धान्त असफल भइसक्यो। नेपालमा गणतन्त्र हुनुहुँदैन हुँदैन भन्ने सिद्धान्त केपी ओलीको हो। संविधान र समानुपातिक हुनुहुँदैन भन्ने सिद्धान्त पनि उहाँकै हो।’ यो निर्वाचन अग्रगमन वा प्रतिगमनविचको जनमत संग्रह रहेको बताए।

प्रचण्डले काठमाडौं २ मा ओनसरी घर्ती मगरलाई जिताउन आग्रह गरे। प्रचण्डले भने, ‘ओनसरी घर्ती इनरजेटिभ र डायनामिक नेता हो। यो चुनावमा अवसर नगुमाउनुहोला।’उनले प्रतिगमनलाई सदाका लागि परास्त गर्ने अवसरका रूपमा निर्वाचन आएको बताए। अन्तिम न्यायाधीश जनतानै रहेको प्रचण्डको भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img