spot_img

नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय पुग्यो

spot_img

काठमाडाैँ,नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघेको छ । नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए ।

यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् । हाल ३१८ जना आइसीयूमा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृत्तकको संख्या ६ सय पुगेको छ । नेपालमा मृत्युदर ०.६ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । नेपालमा कोरोना जितेर डिस्चार्ज हुने प्रतिशत ७२.५ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै मुलुकभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको हो  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा २ पुरुष, सुनसरीमा ३ पुरुष, काठमाडौंमा १ पुरुष र १ महिला, ललितपुरमा १ पुरुष, रुपन्देहीमा २ पुरुष गरी १० जनाको मृत्यु भएको हो । पछिल्ला दिन संक्रमणबाट निधन हुनेहरुको मृत्युलर ०.६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img