spot_img

डोल्पामा ११ बजेसम्म साढे ५ र मुगुमा १८ प्रतिशत मत खस्यो

spot_img

सुर्खेत, कर्णाली प्रदेशको हिमाली जिल्लाहरूमा अन्य जिल्लाको तुलनामा केही ढिला मतदान सुरु भएको छ । अहिले ११ बजेसम्म डोल्पामा ५ दशमलव ४९ र मुगुमा १८ प्रतिशत मत खसेको छ । डोल्पा निर्वाचन कार्यालयका लेखापाल कलम विर्कट्टा मगरका अनुसार जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको  बताए ।

उनका अनुसार जिल्लाका ६६ वटै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ । यद्यपि केही ठाउँमा फोन सम्पर्क हुन सकिरहेको छैन । यस्तै मुगुका निर्वाचन अधिकारी विष्णु न्यौपानेका अनुसार चिसोका कारण केही स्थानमा मतदान ढिला गरी सुरु भएको थियो ।

यस्तै मुगुमा हिजो साँझ र बिहान गरि ७ वटा ठाउँमा शङ्कास्पद वस्तु फेला परेको उनले बताए । यद्यपि ६ वटा हिजो साँझ नै डिस्पोज गरिसकेको र एउटा बिहान डिस्पोज गरिएको उनले बताए ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img