spot_img

सरकार र डा. केसीबीच सहमतिको तयारी

spot_img

काठमाडौं, सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमतिको तयारी भइरहेको छ । उच्च स्रोतका अनुसार सहमतिका बुद्धाहरुमा दुबै टोली समहत भइसकेका छन् ।

केहीबेरमा सरकार र डा. केसीको तर्फबाट बनेको वार्ता टोली बस्ने र सहमतिलाई औपचारिकता दिनेछ । त्यसपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।

बिहीबार सहमति हुन नसकेको विषय डा. केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img