काठमाडौं, मतदान गर्ने समय सकिए पनि लाइनमा बसेकाहरूले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।निर्वाचनको दिन काठमाडौंमा सवारी साधन चलाउन रोक लगाइएको थियो। चुनाव सकिए पनि बेलुका ७ बजेपछि मात्र गाडी चलाउन पाउने प्रहरीले जनाएको छ।
आइतबार बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म गाडी चलाउन रोक लगाएको थियो।त्यसबीचको समयमा अतिआवश्यक सेवा र अनुमति प्राप्त सवारी साधनमात्रै चलाउन पाइने भएको हो।रासस