spot_img

डोल्पा र हुम्लाका मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

spot_img

सुर्खेत,  कर्णालीका उच्च हिमाली जिल्लाहरुमा मत पेटिका संकलन कार्य भइरहेको छ । डोल्पा र हुम्लाको स्थल मार्गबाट धेरै दिन लाग्ने र सुरक्षा चुनौती भए हुने भएकाले २ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ल्याउने थालिएको हो ।

डोल्पाका ६८ र हुम्लाका ६० मतदान केन्द्रबाट हेलिकप्टरबाट ल्याइने प्रदेश पहरी प्रमुख पोषराज पोखरेलले बताए । आइतबार मतदान सम्पन्न भए पनि भौगोलिक विकटताका कारण मतपेटिका संकलन हुन नसकेकाले हेलिबाट ल्याउन बाध्य भएको उनको भनाइ छ ।उनका अनुसार सडक सञ्जाल नजोडिएको र हेलिकोप्टरबाट संकलन गर्नुपर्ने भएकाले मतगणनामा ढिलाइ हुने भएको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img