अछाम, अछाम क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । मंगलसेनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केही बेर अघिदेखि मतगणना सुरु भएको हो । अहिले मतपत्र मिलाउने र अन्य व्यवस्थापन कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत पिताम्मर शर्माका अनुसार सर्वदलिय बैठकमा दिउँसो साढे १ बजेदेखि मत गन्न सुरु गर्ने सहमति भए पनि केही समय ढिलो गरी मतगणना सुरु भएको हो ।
क्षेत्र नम्बर–१ मा भने दिउँसो ३ बजेपछि मात्रै मतगणना थालिने छ । बिहान दलहरूबीच भएको सहमति अनुसार दिउँसो ३ बजेपछि मात्रै मतगणना सुरु हुने भएको हो । दुईवटा निर्वाचन क्षेत्र रहेको अछाम जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनमा ५५ प्रतिसत मत खसेको थियो ।