डडेल्धुरा, प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणना सुरु भएको छ। सोमबार दिउँसो साढे ३ बजेदेखि मतगणना सुरु भएको हो।मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका अनुसार ५६.६४ प्रतिशत मत खसेको हो।
जिल्लामा कूल मतदाता ९१ हजार २ सय १ रहेकोमा ५१ हजार ६ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेले जानकारी दिएका छन्।जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा क्षेत्र रहेको छ। प्रतिनिधिसभाको एक सिटका लागि ८ जना चुनावी मैदानमा रहेका छन्।