बिर्तामोड, झापा ५ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती अग्रता लिएका छन् ।निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पहिलो चरणको प्रारम्भिक मत परिणाममा ओलीले ३ हजार २ सय १२ मत पाएका छन् । उनलाई पछ्याइरहेका सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५ सय २३ मत पाएका छन् ।
६ हजार दुई सय ७ मत गणना सकिदा ४ सय १४ मत बदर भएको छ ।एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ६६ दशमलव २० प्रतिशत अर्थात एक लाख दुई हजार एक सय ५० मत खसेको थियो ।