spot_img

चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन

spot_img

काठमाडौँ,  चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना परेर आज बिहान करिब साढे पाँच बजेतिर उनको निधन भएको हो ।केही दिनदेखि उनी चुनावका लागि आफ्नै घर चितवनको राप्ती– ४ डडुवा गएका थिए । आज काठमाडौँ फर्किने क्रममा उनको निधन भएको हो ।

चितवनबाट माइक्रोबसमा उनी काठमाडौँ आइरहेको बेला ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । चितवनकै राप्ती नगरपालिका– ६ हर्दीचोकमा बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकमा उनी सवार रहेको बा४ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको बताइएको छ ।

उक्त माइक्रोबसमा सवार रहेका चालकसहित ६ जना घाइते भएको बताइएको छ । विश्वकर्माको भने गम्भीर चोटका कारण उद्धार गरी पुरानो मेडिकल कलेज चितवनमा उपचारका लागि लगिएको थियो, तर अस्पतालले तुरुन्तै मृत घोषणा गरेको हो ।

विश्वकर्मा रेडियो प्रस्तोता मात्र नभएर टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए । साथै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव रहेर पनि उनी दलित मानव अधिकारका लागि संघर्षमा थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img