ललितपुर, प्रतिनिधि सभा सदस्यतर्फ ललितपुर क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्कीले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
उहाँ एमाले उम्मेदवार अमृत खड्काभन्दा १२ सय ९५ मतले अगाडि हुनुहुन्छ । १४ हजार ८ सय ७४ मतगणना हुँदा रास्वतकी कार्कीले ५ हजार ९ सय ८३ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार अमृत खड्काले ४ हजार ६ सय ८८ मत ल्याउनुभएको छ भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार ६ सय ६१ मत प्राप्त गर्नुभएको छ ।अहिलेसम्म ५ सय १२ मत बदर भएको छ ।