गोरखा, गोरखाको क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राखेका छन् । अध्यक्ष दाहाल आफ्नो निकटतम प्रतिद्वन्द्वी भन्दा करिब तेब्बर मतान्तरले अगाडि रहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार दाहालले ७ हजार २ सय ७८ मतका साथ अग्रता लिएका हुन् ।यता राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार १० मतका साथ दाहाललाई पछ्याइरहेका छन् । त्यस्तै एमालेका अब्दुस मियाँले १ हजार ६ सय ९८ मत ल्याएका छन् ।