काठमाडौं, गोरखा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतान्तरले अगाडि छन्।प्रचण्डले ८६१९ मत ल्याइसकेका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी दोस्रो स्थानमा छन्।
बुर्लाकोटीले २२७९ मत ल्याएका छन्।रास्वपाभन्दा एमाले पछि छ। नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले १९४६ मत ल्याएका छन्।