spot_img

आइडल रोनाल्डोसँग खेलेपछि एम्बाप्पेको खुशी…

spot_img

काठमाडौँ, फ्रान्सका युवा फुटबलर किलियन एम्बाप्पेले गएराती आफ्ना आइडल क्रिस्टियानो रोनाल्डोविरुद्ध खेलेपछि दिएको प्रतिक्रिया अहिले चर्चामा रहेको छ ।नेसन्स लिग अन्तर्गत गएराती पोर्चुगल र फ्रान्सबीचको खेल बिना कुनै गोल बराबरीमा सकिएको थियो ।

यस खेलमा गोल र हार जितको भन्दा पनि रोनाल्डो र एम्बाप्पेको चर्चा भइरहेको छ ।

खेलको दोस्रो हाफको शुरुवातमा रोनाल्डो र एम्बाप्पेबीच भएको कुराकानी अहिले सामाजिक संजाल र मिडियामा भाइरल भएको छ । दुवै जना यस अघि २०१८ को च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा रियल म्याड्रिड र पिसजीको खेलमा एक अर्काविरुद्ध खेलेका थिए ।

एम्बाप्पेले रोनाल्डोलाई आफ्नो आइडल मान्दछन ।

खेलपछि एम्बाप्पेले रोनाल्डोसँगको तस्बीर समाजिल संजाल इन्स्टाग्राममा पोष्ट गर्दै ’आइडल’ लेखेका छन् । जसलाई लाखौ फ्यानहरुले लाइक गरेका छन् ।

फ्रान्सका म्यानेजर डिडीयर डेसच्याम्प्सले रोनाल्डोसँग एम्बाप्पेको तुलना गर्न नहुने बताएका छन् । खेलपछि प्रतिक्रिया दिदै उनले रोनाल्डो एम्बाप्पेका आइडल भएको बताउदै रोनाल्डो धेरै युवा खेलाडीका आइडल भएको बताए ।

उनले दुवैबीच तुलना गर्न गार्हो भएको बताउदै रोनाल्डो धेरै बर्ष खेलेर अनुभवी खेलाडी भएको बताए । उनले भने, ’रोनाल्डोले धेरै बर्षसम्म उच्च तहको फुटबल खेलेका छन् । उनीहरुको उमेर पनि एउटै छैन ।’

म्यानेजर डेसच्याम्प्सले दुवै निर्णायक खेलाडी भएको बताउदै दुवैले कुनै पनि बेला खेललाई निर्णायक बनाउने क्षमता भएको प्रतिक्रिया दिए ।

खेल बराबरी पछि पोर्चुगल समुह ३ खेलमा ७ अंकसहि शिर्ष स्थानमा छ भने फ्रान्स पनि ३ खेलमा ७ अंक सहित दोस्रो स्थानमा रहेको छ । पोर्चुगलले अब अर्को खेल बुधबार स्विडेनसँग खेल्ने छ भने फ्रान्सले अर्को खेल क्रोसियासँग खेल्ने छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img