काठमाडौं, काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै चालिसे विजयी भएका हुन्।
चालिसेले १५ हजार १५८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमाले कृष्णबहादुर राईले ११ हजार १९६ मत ल्याए।राष्ट्रिय स्वतन्त्र पार्टीको दुर्गाबिक्रम थापा क्षेत्रीले ५८६५ मत ल्याएका छन्।