जाजरकोट, नेपाली कांग्रेसका राजीवविक्रम शाह जाजरकोट क्षेत्र नं १ (२) मा निर्वाचित हुनुभएको छ । उहाँ १६ हजार ४० मत ल्याएर विजयी हुुनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) को समेत साथ पाएका शाहले नेकपा (एमाले) का खिमबहादुर शाहीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।शाहीले १० हजार पाँच सय ३० मत प्राप्त गर्नुभएको छ ।