spot_img

चुनाव सम्पन्न भएको चार दिनपछि डोल्पामा मतगणना सुरु

spot_img

डोल्पा,डोल्पामा चुनाव सकिएको चार दिनपछि मत गणना सुरु भएको छ। बुधबार जिल्लाका ६८ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पु¥याएसँगै साँझ साढे ५ देखि मतगणना सुरु गरिएको हो।

अहिले ठुलीभेरी नगरपालिका १ र २ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। दिनरात निरन्तर मतगणना हुने भएकाले जतिसक्दो छिटो नतिजा निकालिने कार्यालयको दाबी छ।

डोल्पामा रहेका कुल २२ हजार ७७४ मतदातामा १७ हजार ८३४ मत खसेको थियो। डोल्पामा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img