spot_img

डाेल्पाकाे राजनीतिक उलटफेरःसमाजवादीले रच्याे इतिहास,माओवादीले विरासद जागायाे र एमालेले साख जाेगायाे,कांग्रेस झनै कमजाेर बन्याे

spot_img

“प्रतिनिधिसभामा समाजवादीका धनबहादुर बुढा,प्रदेश क्षेत्र नम्वर”ख”मा माओवादीका विरवहादुर शाही र प्रदेश क्षेत्र नम्वर”क”मा एमालेका शेरबहादुर बुढा विजयी भएका छन्”

डोल्पा,मंसिर ४ गतेकाे चुनावी नतिजासँगै डाेल्पाकाे राजनीतिक काेर्ष फेरीएकाे छ ।  प्रतिनिधिसभा सदस्यतर्फ डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन्। गठबन्धनका साझा उम्मेद्वार बुढाले ११ हजार २ सय २५ मतसहित निर्वाचित भएका हुन्। उनले एमालेका गणेशबहादुर शाहीलाई पराजित गरे। निकटतम् प्रतिस्पर्धी शाहीले ५ हजार ४ सय ९८ मत ल्याए भने राप्रपाका अंगतकुमार बुढाले ६ सय ६१ मत प्राप्त गरे। याे सँगै समाजवादीले डाेल्पाली राजनीतिमा नयाँ इतिहास रचेकाे छ। पहिलाे पटक चुनावी मैदानमा उत्रेकाे समाजवादीले सबैलाइ चकित पार्दै नतिजा हाशिल गर्न सफल भएकाे हाे।

यस्तै जिल्लाकै प्रदेश निर्वाचन क्षेत्र “ख” मा गठवन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विररबहादुर शाही निर्वाचित भएका छन् । शाहीले ५ हजार २ सय ९५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम नेकपा एमालेका धनचन्द्र बैजीले ४ हजार ५ सय ९५ मत ल्याए ।त्यसैगरि राप्रका बौद्वसिंह कठायतले २ सय ८९ मत ल्याएका छन् । कर्णाली प्रदेश सरकारका वहालवाला उद्योग पर्यटन तथा वन तथा वातावरण मन्त्री समेत रहेका शाहीले एमालेका बैजिभन्दा ७ सय १ मत धेरै ल्याएका हुन्। याे जितसँगै माओवादीले डाेल्पामा अाफ्नाे विरासद जाेगाउन सफल भएकाे छ।

प्रदेश निर्वाचन क्षेत्र “क” बाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर बुढा निर्वाचित भएका छन् । उनी चार हजार सात सय ४३ मत ल्याएर निर्वाचित भएका हुन ।उनका प्रत्यासी तथा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दिपेन्द्र बहादुर शाहीले दुई हजार चार सय ६५ मत प्राप्त गरे । उम्मेदवार बुढाले शाहीभन्दा दुई हजार दुई सय ७८ मत धेरै ल्याएका छन् । उम्मेदवार बुढा नेकपा एमालेका जिल्ला अध्यक्ष हुन्।राप्रपाका उम्मेदवार नारायण बुढाले एक सय २४ मत प्राप्त गरेका छन्। याे जितले एमालेले जिल्लामा अाफ्नाे साख जाेगाउन सफल भएकाे हाे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img