रूपक कुलाल,डाेल्पा
हालै सम्पन्न मंसिर ४ गतेकाे चुनावी नतिजासँगै डाेल्पाले फेरी नयाँ जनप्रतिनिधि पाएकाे छ। डाेल्पाली जनताले धेरै आशा भराेसा गरेर प्रतिनिधिसभामा समाजवादीका धनबहादुर बुढालाइ तेस्राे पटक,प्रदेश क्षेत्र नम्वर”ख”मा माओवादीका विरवहादुर शाहीलाइ दाेस्राे पटक र प्रदेश क्षेत्र नम्वर”क”मा एमालेका शेरबहादुर बुढा पहिलाे पटक विजयी गराएका छन्।
जनताले जति भराेसाका साथ सांसद पदमा जिताएका छन् जनप्रतिनिधिसामु उतिनै चुनाैंति पनि छन्। चुनावमा बाचा गरे अनुकारकाे विकास सांसदहरूले आफ्नाे कार्यकालमा गर्नुपर्ने छ। जिल्लाका केहि स्थानीय तहहरूमा अझै सडकले छुन सकेकाे छैन।विशेष गरी तल्लाे डाेल्पाकाे मुड्केचुला र काइके गाउँपालिकामा अझै सडक सञ्जालले पूर्णता पाउन सकेकाे छैन। भेरी करिडाेरकाे पूर्णताका लागि संघिय देखि प्रदेश सांसदहरूले समेत विशेष पहल गरेर बाँकी सडक खन्न पहल गर्नुपर्ने छ। भेरी करिडाेरमा पर्ने त्रिवेणी देखि त्रिपुरासुन्दरीसम्मकाे सडक अझै स्तरउन्ततिकाे पनि आवश्यकता देखिएकाे छ। यस्तै उपल्लाे डाेल्पाकाे नजिककाे मार्ग छार्का मुस्ताङ राेड खाेल्न पहल गर्नुका साथै पूर्णता दिनुपर्ने छ ।
यस्तै डाेल्पा जुम्ला सडक खण्डकाे त्रिपुरासुन्दरी,बलाङ्ग्रा हुँदै जुम्लासम्मकाे सडक पूर्णता दिन महत्वपूर्ण पहल कदमि गर्नुपर्नेछ । जुफाल,माझफाल हुँदै बाग्लुङ सडक जाेड्न सके छाेटाे दुरी मात्र नभएर जनताकाे जिवनस्तरमा समेत सुधार आउँनेछ। यदि यस्ताे पहल हुन सके डाेल्पा र डाेल्पाली जनताका लागि ठुलाे परिवर्तन हुने छ ।
सडकसँगसँगै जिल्लामा सञ्चारकाे मुख्य समस्या छ,सांसदहरूले जिल्लामा ४ जी सेवा सहितकाे नेटवर्क स्थापना तत्काल गर्नुपर्ने देखिन्छ। नेटइन्टरनेटकाे पहँचमा जिल्लालाइ लैजान अपरिहार्य छ। विद्युतकाे समस्या अहिले पनि जिल्लावासीका लागि ठुलाे समस्याकाे विषय बनेकाे छ । राष्ट्रिय प्रशारणलाइन जाेड्ने काम भइरहे पनि चाँडाे पहल भए वत्तिकाे समस्या हल हुनेछ ।
जिल्ला सदरमुकाम दुनै,जुफाल,त्रिपुरासुन्दरी लगाएतका मुख्य बजारमा खानेपानी र ढलकाे चरम समस्या छ । गाउँगाउँमा देखिएका खानेपानीका समस्या समाधानका लागि सांसदहरूले विशेष ध्यान दिएर समस्या समाधानका लागि पहल गर्नुपर्नेछ। सांसदहरूले धेरै ठुला विकासी याेजना भित्राउने भन्दा पनि जनमुखी समस्यालाइ मध्यनजर गर्नै जनताका समस्या र गुनासा संसदसम्म पुर्याउनु पर्नेछ।
जिल्लाकाे शिक्षा क्षेत्रमा केही परिवर्तनकाे आभाष भएपनि नतिजामा भने खासै प्रगतिहाशिल गरेकाे देखिदैन। निजामती लगाएत राेजगारीकाे क्षेत्रमा डाेल्पा निकै पछाडी देखिन्छ। युवाहरूलाइ राेजगारी दिनेतर्फ र राेजगारीमुलक कामहरूकाे शिर्जनाका लागि सांसदहरूले विशेष ध्यान दिनुपर्ने छ। स्वास्थ्य क्षेत्रकाे अवस्था पनि उत्तिकै नाजुक छ।गाउँगाउँका स्वास्थ्य चाैंकिमा अाैंषधी नपाउने समस्या अहिले पनि उत्तिकै छ।
नव निर्वाचित स्थानीय निकायका जनप्रतिनिधिहरूसँग समन्वय गरेर प्रतिनिधिसभा सांसद देखि प्रदेश सांसदले जिल्लाका स्याउ,अाेखर र तरकारी लगाएतका आयमुलक वस्तुहरूकाे निर्यातमा ध्यान दिए जिल्ला र जनताले पक्कै पनि परिवर्तनकाे आभाष ५ वर्ष भित्रै गर्न पाउँने छन्। जसका लागि जनप्रतिनिधि स्वयम् अग्रसर हुनुपर्छ नै तर विपक्षी राजनीतिक दल,संचार क्षेत्र,नागरिक समाज र जनताले समेत सचेत रूपमा जनप्रतिनिधिहरूलाइ समस्याका विषयमा अवगत गराए जिल्लाकाे विकास धेरै टाढा छैन। अव नव निर्वाचित सांसदहरूकाे पहल कदमि कति हुन्छ त्याे त विस्तारै थाहाँ हुनेनै छ।