चर्चित गायक बिमल डाँगी र जय देवकोटाको आवाजमा मन रूहाउने दशैं काेशेली बजारमा [ भिडियोसहित ]
काठमाडाैँ,पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।
यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।
यसै विच लोकप्रिय सर्जक गायक जय देवकोटाको अफिसिय युटुव च्यानलबाट जय देनकोटाको ‘पर्खाई प्रदेशीको’ बोलको दशैतिहार गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक विमल डांगि र जय देवकोटाको आवाज रहेको गितमा जय देवकोटाको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । प्रदेशी र घरवेशीको यथार्थ विषयवस्तु गितमा दर्शाईएको छ ।
मदन खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा सगुन शाहि , जय देवकोटा , संचिता शाहि र अर्जुन सापकोटाको मनछुने अभिनय देख्न सकिन्छ । उक्त गितको म्युजिक भिडियो व्बथब म्भखपयतब को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।