spot_img

बदलिदाे उपल्लाे डाेल्पामा पर्ने छार्का भाेटकाे शिक्षा क्षेत्रःशैक्षिक गुणस्तर देखि भाैंतिक पूर्वाधार समेत सुविधा सम्पन्न बने (फाेटाे फिचर र भिडियाे सहित)

spot_img

रूपक कुलाल,डाेल्पा,

डाेल्पाकाे पनि माथिल्लाे भेगमा पर्ने श्री छार्काभाेट आभारभुत विद्यालय पछिल्लाे समय शैक्षिक गुणस्तर देखि भाैतिक पूर्वाधार निर्माणमा उलेख्खे प्रगति हाशिल गरिरहेकाे छ। छार्काछाताङसाेङ गाउँपालिकाकाे वडा नम्वर १ मा पर्ने छार्का वस्तिमा डाेल्पाे टुमराे संस्थाकाे सक्रियता पछि शिक्षा क्षेत्रमा उलेख्य प्रगति हाशिल गर्न सफल भएकाे हाे। सरकारकाे प्राप्त सहयाेग छैन जसका कारण पढाइमा पहिले देखि नै पर्याप्त थिएन।

स्थानीय युवाहरूले डाेल्पाे टुमराे संस्थाकाे स्थापना गरेर विदेशी संघसंस्था र व्यक्तिहरूबाट सहयाेग मागेर बल्लतल्ल विद्यालयकाे सुधारकाे प्रयास भइरहेकाे संस्थामा सञ्चालक छिरिङ साम्डुप गुरूङले जानकारि दिए। छार्काभाेट अा.विमा हाल १ कक्षा देखि ७ सम्म पढाइ हुने गरेकाे छ।

करिव ४२ सय भन्दा माथिकाे उचाइमा रहेकाे यस विद्यालय हिउँदमा ६ महिना अत्यधिक चिसाे र हिँउ पर्ने भएकाले पढाइ ठप्प हुने गर्छ। यहि समस्यालाइ मध्यनजर गर्दै संस्थाले सहयाेग जुटाएर अत्याधुनिक भवनहरू निर्माण गरि कक्षा काेठाहरू फर्निसाइज गर्नुका साथै भवनलाइ थर्मल इन्साेलेटेड र प्यासिभ साेलार हिटेड कक्षाकाेठाहरू निर्माण भएका छन्। अव भने हिँउदकाे ६ महिना पनि पढाइ निरन्तर हुने संचालक गुरूङकाे भनाइ छ। सरकारले थप सहयाेग गरे छार्काभाेटकाे शिक्षा क्षेत्रलाइ अझ राम्राेसँग अगाढि बढाउने यस संस्थाकाे उदेश्य रहेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img