spot_img

भाबी पुस्ताले फाइदा लिनेगरी संस्कृति र सम्पदाको संरक्षण गर्नुपर्छ, प्रधानमन्त्री

spot_img

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले कला संस्कृतिको सम्बर्द्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउनका लागि प्रतिवद्ध हुनु आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै आर्थिक सामाजिक विकासमा योगदान पु¥याउनुपर्ने बताए।

उनले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र संगीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको जिकिर गरे। कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्बर्द्धन गर्न सरकार पनि प्रतिवद्ध रहेको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भाबी पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले नयाँ पुराना कलाकृतिको संरक्षण गर्दै मुलुकलाई विश्वसामू चिनाउनुपर्ने बताए।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img