काठमाडौं, बाजुरामा केही दिन अघि हत्या भएका विद्यार्थी नेता चेतन अयडीको हत्यामा सम्लग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।अनेरास्ववियुका केन्द्रीय सदस्य अयडीको हत्याको अभियोगमा अनुसन्धानका लागि त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै अन्य दुई व्यक्ति पनि पक्राउ परेका छन् ।
अयडीको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन मंसिर ४ गते नाटेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर कुटपिटपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।मतदान पछि घर पुगेका अयडीलाई घरैमा आक्रमण गरिएको आरोप लगाइएको छ ।