“चुनाव जितेपछि गाउँगाउँ फर्किने याे जिल्लामै नयाँ र सकारात्मक पक्षकाे शुरूवात सांसद बुढाले गरेका छन्”
रूपक कुलाल,डाेल्पा
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा डाेल्पामा प्रतिनिधिसभामा एकिकृत समाजवादी,प्रदेश ख मा माओवादी केन्द्रका वीरवहादुर शाही र क्षेत्र नम्वर क बाट शेरवहादुर बुढा विजयी भएका थिए । डाेल्पामा भएकाे मजवुद गठबन्धनलाइ हराएर अत्यधिक बहुमत ल्याएर बुढाले विजयी हासिल गरेका थिए। चुनाव जितेर एकाएक चर्चामा आएका बुढा अहिले पनि जिल्ला भर उनकाे चर्चा जारी छ।
चुनाव जितेर अन्य सांसदहरू शहरतिर लागे तर एकालेका यि युवा सांसद बुढा भने अहिले मतदाताकाे घरदैलाेमा धन्यवाद दिन गाउँगाउँ पुगेका छन्। ठुलीभेरी नगरपालिका वडा नम्वर ५ र ६ काे घरदैलाे अभियानमा रहेका सांसद बुढाले जनताले अत्यधिक मत दिएर विजय गराएकाेमा धन्यवाद दिदैँ,५ वर्षे कार्यकालमा जनताको शासक नभई सेवक भएर जनताकाे सेवा गर्ने दावी गरे । जनताका हरेक समस्याहरूकाे पहिचान गरि विकास निर्माण देखि अन्य काममा समेत जनतासँगै हातेमालाे गरेर जाने प्रतिवद्दता सांसद बुढाले गरे।
याे विषय एकातिर छ,तर जिल्लामै पहिलाे पटक चुनाव जितेर मतदातालाइ धन्यवाद दिन गाउँगाउँ सांसद पुगेकाे याे नयाँ र सकारात्मक पक्षकाे शुरूवात भएकाे जिल्लाका बुद्दिजीवि वर्गले अहिले सांसद बुढाकाे प्रशंसा सहित चर्चा गरिरहेका छन्।
तस्वीरःसामाजिक संजालबाट


















