काठमाडाैँ, केही दिनयता सुन चाँदीको मूल्य लगातार बढ्दै गएको छ । आज सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९९ सय हजार ९ सय रुपैयाँ तोकेको छ।
यो हिजोको मूल्य भन्दा चार सय रुपैयाँ महँगो हो । हिजो सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ थियो।यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ८५ रुपैयाँमा पुगेको छ।