spot_img

डाेल्पाकाे त्रिवेणी-भालु हुँदै जुम्ला जाेड्ने सडक आइइ प्रकृया स्वीकृतः निर्माण कार्यले अव गति लिने संकेत

spot_img

रूपक कुलाल

डाेल्पा, डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा पर्ने त्रिवेणी हुँदै भालुलेक देखि जुम्ला जाेड्ने १६ किलाेमिटर सडककाे प्रारिम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएकाे छ। सडक निर्माणका लागि केहि पहल कदमि भएपनि आइइ प्रकृया पुरा नहुँदा निर्माणले साेचे अनुसार गति लिन सकेकाे थिएन। भेरी करिडाेरले जिल्लाकाे सिमालाइ छाेएर जाने भएपनि गाउँपालिकाका गाउँगाउँसम्म सडक सञ्जालले छुन सकेकाे छैन।

जुम्लाबाट भने मुड्केचुलातिरका केहि गाउँवस्तीमा सडकले गति लिएकाे छ भने अव निर्माणकार्यले थप तिव्रता पाउँने गाउँपालिका अध्यक्ष दत्तवहादुर शाहीकाे भनाइ छ। उनले थपे “त्रिवेणी जुम्ला सडक निर्माण पछि समग्र मुड्केचुलावासीले सुविधा मात्र लिने नभइ जगदुल्ला हाइड्राे पावर जस्ता ठुला आयाेजना देखि अन्य विकासमा समेत राज्यलाइ टेवा पुग्नेछ।”

सडक निर्माणमा जिल्ला प्रदेश क्षेत्र नम्वर ख का प्रदेश सांसद तथा कर्णाली प्रदेशका उद्याेग,पर्यटन,वन तथा वातावरण मन्त्री वीरवहादुर शाही लगाएत जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह राेकाया र आफु सहित सबैकाे पहलमा अव आइइ प्रकृया स्वीकृत भएकाे र निर्माणमा राज्यकाे ध्यान गम्भिरताका साथ जानुपर्ने अध्यक्ष शाहीकाे भनाइ छ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img