spot_img

महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पु¥याउनु पर्छ, प्रदीप पौडेल

spot_img

काठमाडाैँ,नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गरेका छन्।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षणपत्र बुझाउँदै उनले यस्तो बताएका हुन्। मेलम्ची खानेपानी आयोजनामा हालसम्म राज्यको ६५ अर्ब भन्दा बढी लगानी भइसकेको उल्लेख गर्दै उनले काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख श्रोतको व्यवस्थापनमा राज्यले विशेष जोड दिन आवश्यक भएको औंल्याए।

मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको नेता पौडेलको धारणा छ। ‘६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको छ। काठमाडौंलाई खानेपानी उपलब्ध गराउने एउटा प्रमुख श्रोत हो। यत्रो लगानी भइसकेपछि त्यसलाई व्यवस्िथत रुपमा सञ्चालन गर्न त्यसको सञ्चालनका निम्ति छुट्टै मेकानिजम हुन आवश्यक छ। काठमाडौं आइसक्यो नियमित चल्छ भनेर त्यसलाई निगरानी नगर्ने स्थिति हुनु हुँदैछ। मेलम्ची विकास समितिलाई कायम गरिनुपर्छ,’ उनले भने।

नेता पौडेलले मलेम्चीको पानी काठमाडौं आइसक्यो भनेर छोड्नु नहुने भन्दै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षातको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img