spot_img

निर्वाचनको १६ दिनपछि सकियो मतगणना

spot_img

काठमाडौं,यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको १६ दिनपछि निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सकेको छ। एक साताभित्र गणना सक्ने जनाए पनि आयोगले थप एक साता समय लगाउँदै मंगलबार प्रतिनिधि र प्रदेशसभा दुवै तर्फको मतगणना सकिएको जानकारी गराएको हो।

मतगणना सकिएसँगै आयोगले बुधबार चुनावमा भाग लिएका दलहरूले समानुपाकिततर्फ पाएको मतसहित सिट संख्याको जानकारी गराउने तयारी गरेको छ। आयोगले पठाएको जानकारीअनुसार समानुपातिकतर्फबाट सिट पाउने दलले यसअघि बुझाएको बन्दसूचीबाट निर्वाचित गर्ने सदस्यको नाम सिफारिस गर्नेछन्।

निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ८७ राजनीतिक दल सहभागी भएका थिए भने प्रदेशसभा सदस्यमा भाग लिने दलहरूको संख्या प्रदेशअनुसार फरकफरक रहेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानका लागि २ हजार ४१२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। ती मध्ये महिला २२५ जना रहेको आयोगले जनाएको छ।

त्यस्तै प्रत्यक्षतर्फ १२ दलका प्रतिनिधिसहित स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी प्रतिनिधिसभामा नयाँ दलका रूपमा उदाएका छन्। गणतन्त्र स्थापना भएको झन्डै दुई दशक हुन लाग्दा पनि राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यो निर्वाचनबाट थप शक्ति आर्जन गरेको छ।

प्रत्यक्षतर्फको पछिल्लो परिणामबाट नेपाली कांग्रेस ५७ सिटसहित पहिलो दल बनेको छ। एमाले ४४, माओवादी केन्द्र ३२ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले १० सिट जितेका छन्। रास्वपा, राप्रपा र जनता समाजवादी पार्टी (जसपा) ले ७र७ सिट जितेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४, नागरिक उन्मुक्तिले ३, स्वतन्त्र उम्मेदवारले ५ तथा जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले १र१ सिट जितेका छन्। जसमध्ये जम्मा ९ जना महिला मात्र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। आजको नागरिक दैनिकमा खबर छ

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img