spot_img

जारी विश्वकपमा फराकिलो जितसहित पोर्चुगल क्वाटरफाइनलमाःमाेरक्काेले स्पेनलाइ हराउँदै रच्याे इतिहास

spot_img

काठमाडौं,युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्दै ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।२१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बने ।

पोर्चुगिज प्रशिक्षक फर्नाण्डोे सान्तोषले नियमित कप्तान तथा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ड्रप गरी युवा फरवार्ड गोन्सालो रामोसलाई राख्ने साहसिक निर्णय लिएका थिए । रामोसले प्रशिक्षकको विश्वासलाई प्रमाणित गरिदिए । उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका थिए । रामोसले जाआओ फेलिक्सको पासमा १७औं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । रोनाल्डो बेन्चमा हुँदा कप्तानको जिम्मेवारी लिएका डिफेण्डर पेपेले ३२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगल दोस्रो हाफमा पनि रोकिएन । ५१औं मिनेटमा रामोसले डिएगो डालोटको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता ३–० बनाए ।

५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४–० पु¥याए । ५८औं मिनेटमा स्वीट्जरल्याण्डका मानुएल अकान्जीले गोल फर्काउँदै गोल अन्तर घटाएका थिए । तर, ७१औं मिनेटमा रामोसले फेलिक्सको पासमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने पोर्चुगलको अग्रता फराकिलो बनाए । इन्जुरी टाइममा राफे लिआयोले गोल गर्दै पोर्चुगललाई ६–१ को जित दिलाए । पोर्चुगलले अब क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

यस्तै २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा ३–० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । यसअघि क्यामरुन, सेनेगल र घानाले फरक समयमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए ।

दोहाको एजुकेसन सिटी स्टेडियममा मोरक्कोले दर्शकको राम्रो साथ पाउँदा स्पेनलाई १२० मिनेटसम्म गोल गर्न नदिई बराबरीमा रोकेको थियो । पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गरे । बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए ।

सन् २०१० को विश्व च्याम्पियन स्पेनका भने कसैले पनि गोल गर्न सकेनन् । कार्लोस सोलर र कप्तान सर्जियो बुस्केटको प्रहार मोरक्कोका गोलकिपर बोनोले बचाए । पाब्लो साराबियाको प्रहार भने पोलमा लागेर बाहिरियो । त्यसअघि निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

अतिरिक्त समयमा अन्तिम मिनेटमा स्पेनका पाब्लो साराबियाले गोल गर्ने राम्रो अवसर गुमाउँदा स्पेनले जितनजिक पुगेर फर्किएको थियो । अन्तिम समयमा उनले गरेको प्रहार पोलमा लागेर बाहिरिएको थियो । त्यसअघि पनि दुवै टिमले गोलका केही राम्रा अवसर पाएका थिए । तर फिनिसिङ हुन सकेन । यस्तै स्पेनका गोलकिपर उनाई सिमोन र मोरक्कोका यासिन बोनोले पनि केही राम्रा बचाउ गरेका थिए ।

जारी विश्वकपमा पेनाल्टी शुटआउटबाट नतिजा टुङ्गो लागेको यो दोस्रो खेल हो । यसअघि क्रोएसियाले जापानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ । मोरक्कोले आजै मध्यराति हुने पोर्चुगल र स्वीट्जरल्याण्डबीच खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img