काठमाडौं, नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो कारोबार दिन प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।मंगलबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।