काठमाडौं, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठनको प्रस्ताव गरेका छन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गरी बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएपछि भट्टराईले यस्तो प्रस्तावअघि सारेका हुन् । बुधबार साझा भट्टराईले ट्वीटरमा लेखेका छन्,’बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।’
२२ असोजमा गृहजिल्ला गोरखामा भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएपछि त्यो राष्ट्रिय चर्चाको विषय बनेको छ ।
२५ असोजमा प्रमुख विपक्षी नेपाली काँग्रेसले पनि बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन भट्टराईलाई चुनौती दिएको थियो । काँग्रेसलाई जवाफ दिँदै उनले छानविन प्रक्रिया आगाडि बढाए सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेकपा प्रवक्ता श्रेष्ठले आफ्नो अभिव्यक्तिको खण्डन गरेपछि भट्टराई पनि कटाक्ष गरेका छन् । गोरखा( २ बाट आफूसँग ७ हजार १ सय ७४ मतले पराजित श्रेष्ठ राष्ट्रियसभा सदस्यपछि भट्टराईले ट्वीटमा भने, ’जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊकक!’
बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ! pic.twitter.com/WbWX664bzQ
— Baburam Bhattarai (@brb1954) October 14, 2020

















