रूपक कुलाल,डाेल्पा
कर्णाली प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री वीरवहादुर शाहीले मन्त्रीमा नियुक्त हुँदा गरेकाे बाचा अनुसार छाेटाे कार्यकालमै डाेल्पा,हुम्ला र रूकुम पश्चिम लगाएतका प्रदेशका जिल्लाहरूमा भू-तथा जलाधार व्यवस्थापन शाखा कार्यालयहरू स्थापनाकाे काम भमाधम शुरू भएकाे छ । मन्त्री भएलगत्तै शुरू गरेकाे काम शुक्रबार कर्णालीका भु-जलाधार कार्यलय सुर्खेत र जुम्लामा मात्रै भएकाेमा अव भने जुम्लाकाे शाखा कार्यालय डाेल्पामा स्थापना भैसकेकाे छ।
अव चाँडै हुम्ला र रूकुम पश्चिमका शाखा कार्यालयबाट समेत सेवा प्रवाह हुने र अव बाँकी रहेकाे प्रदेशका जिल्लाहरूमा समेत शाखा कार्यालय खाेल्ने तयारीमा मन्त्रालय रहेकाे मन्त्री शाहीले जानकारी दिनुभयाे। यी नै शाखा कार्यालयहरूलाइ स्थाइ रूपमै राख्नेगरी प्रदेश सरकार र पर्यटन मन्त्रालयकाे तयारी छ।

भू-तथा जलाधार व्यवस्थापन जुम्लाकाे पनि शाखा कार्यालय डाेल्पामा स्थापना भइ सेवा प्रवाह शुरू भएकाे कार्यालय प्रमुख हिमालय शाउदले जानकारि दिनुभयाे। अहिले सम्पर्क कार्यालयकाे रुपमा खाेलिएकाले याेजनाकाे सम्झौता,अनुगमन, निवेदन संकलन लगायतका कामहुने साउदले बताए ।जुम्लामा रहेकाे कार्यालयले साविकका कर्णालीका ५ जिल्ला हेर्ने गर्छ। मुख्यगरी यसकाे जलाधार व्यवसथान,पहिराे राेकथाम,खाेलाकिनार संरक्षण र तटबन्धन,पानीका स्राेतहरू र तालतलैया संरक्षण,संरक्षण पाेखरीहरू निर्माण साथै स्थानियतहलाइ जलाधार व्यवस्थापन सम्वन्धि त्रियाकलापमा सहजि करण गर्ने काम गर्छ।


















