spot_img

अर्थमन्त्रीको पहिलो निर्णय, विश्‍व बैंकबाट २० करोड डलर ऋण लिने

spot_img

काठमाडौं, नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन्। बुधबार मात्रै अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।

पौडेलले मन्त्रालयमा पुगेर पदबहाली गर्दै पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। सञ्‍चारकर्मीहरुलाई प्रवेशमा कडाइ गरिएको पदबहालीका क्रममा उनले पहिलो हस्ताक्षर विश्‍व बैंकबाट २० करोड डलर ऋण लिन निर्णयमा गरे।

उक्त ऋण कोरोना भाइरस (कोभिड(१९) नियन्त्रण तथा रोकथाममा खर्च गरिने भएको छ। विश्‍व बैंकबाट २० करोड डलर सहुलियत ऋण स्वीकार्ने निर्णय सरकारले यसअघि नै
गरिसकेको छ।

मन्त्री पौडेललाई स्वागत गर्न अर्थसचिव शिशिर कुमार ढुङ्गाना, राजश्‍व सचिव रामशरण पुडासैनीसहितका कर्मचारी उपस्थित थिए। कोरोना संकटका कारण स्वागतमा कमभन्दा कम कर्मचारीलाई उपस्थित गराइएको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img