spot_img

चिनियाँ सेनालाई राष्ट्रपतिको आदेशः युद्धको तयारी गर !

spot_img

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । चिनियाँ सरकारी मिडिया सिन्ह्वा न्युज एजेन्सीले बिहीबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । ‘सैनिकहरु उच्च सतर्कतासाथ रहनुपर्छ । तपाईँहरु आफ्नो सम्पूर्ण दिमाग र उर्जालाई युद्धका लागि तयार राख्नूस्,’ नेता सीको भनाइलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

‘सैनिकहरु पूर्ण रुपमा वफादार, पूर्ण रुपमा शुद्ध र पूर्ण रुपमा विश्वासिलो हुनुपर्छ,’ राष्ट्रपति सीले चाओझोउ सहरस्थित जनमुक्ति सेनाको जलसेनासँग भेटको क्रममा यस्तो आदेश दिएका हुन् । रिपोर्ट अनुसार सीले आदेश दिने क्रममा प्रत्यक्ष रुपमा भारतलाई लक्षित भने गरेका थिएनन् । जब कि, पछिल्लो समय चिनियाँ सेना सीमा विवादका कारण भारतीय सेनासँग पटक पटक आमने–सामने भएका छन् ।

यसवाहेक ताइवानस्थित दक्षिण चीन सागरमा अमेरिकासँग पनि चिनियाँ सेनाको टकराव पर्दैआएको छ । चीनले त्यस क्षेत्र उसको सार्वभौमसत्ताको विषय भएको भन्दै अमेरिकाप्रति कटाक्ष गर्दैआएको छ । अमेरिकाले भने रणनीतिक योजनाको रुपमा हङकङ र ताइवानलाई सघाउँदैआएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img