spot_img

ऐन, नियम बनाउँदा दल विभाजित बन्न हुँदैन, गगन थापा

spot_img

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्न नहुने बताएका छन् । प्रेस लैंगिक नीतिसम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले संसद्मा रहेका दलहरु नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

उनले आम नागरिकका समस्या समाधान नीति निर्माणको आवश्यकता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरुले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए । उनले सुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायहरुले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताए ।

नेपालमा सुरुवाती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्कहरु अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानुन संशोधन र निर्माण हुन नसकेको उनको धारणा थियो । महामन्त्री थापाले सरकारी पक्षलाई सबै क्षेत्रले आफ्ना क्षेत्रका समस्या समाधानका लागि हुन सक्ने सम्भावित कुराको जानकारी समय समयमा गराइरहने हो भने नीति निर्माणकर्ताले पनि सोहीअनुसार निर्माणका कुरामा आफ्ना धारणाहरु थप सशक्त र गम्भीरताका साथ उठान गर्नसक्ने बताए ।

‘संसद्भित्र हामी कतिपय सन्दर्भमा राजनीतिक दलका हिसाबले विभाजित हुन्छौं, तर ऐन, नियम बनाउने क्रममा विभाजित हुँदैनौं,’उनले भने । महामन्त्री थापाले आधारभूत स्वतन्त्रता थप संकुचित भए समुन्नतिको मापनमा पछि पर्ने बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img