spot_img

प्रचण्ड लगाएत कम्युनिष्टलाइ साइड लगाएर सरकार बनाउने दाउमा देउवाः यस्ताे छ अंकगणित !

spot_img

काठमाडौं, मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकको मतपरिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटको नतिजा सार्वजनिक गरेको हो। सबै मतपरिणाम सार्वजनिक भएसँगै नयाँ सरकार निर्माणको प्रक्रिया पनि सुरु हुने भएको छ।

सोही अनुसार दलहरूले बहुमत जुटाउन कसरत सुरु गरेका छन्। ८९ सिटसहित नेपाली कांग्रेस पहिलो, ७८ सिटसहित नेकपा एमाले दोस्रो र ३२ सिटसहित माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा उदाएका छन्। यसपटकको निर्वाचनमा कुनै पनि दलले बहुमत पाएका छैनन्। सोही बमोजिम गठबन्धनको सरकार बनाउन नेताहरूबीच रस्साकस्सी जारी छ। सरकारको नेतृत्वमा तेस्रो दल नेकपा माओवादी केन्द्रले आकांक्षा राखेपछि पहिलो र दोस्रो स्थानमा रहेका दलहरू पनि आपसी छलफलमा जुटेका छन्।

देउवाले पहिलो कार्यकाल नछोड्ने

नयाँ बन्ने सरकारको पहिलो कार्यकाल गठबन्धनबाट कसले गर्ने भन्ने विषयमा नेपाली कांग्रेसभित्र दुईमत देखिएको छ। कांग्रेस संस्थापन पक्षले माओवादी केन्द्रलाई पहिलो कार्यकाल सरकारको नेतृत्व दिन अस्वीकार गरेको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रचण्डलाई पहिलो कार्यकाल दिन अस्वीकार गरेका हुन्।

माओवादीको अडान ‘प्रधानमन्त्री’

नेकपा माओवादी केन्द्रले सरकारको पहिलो कार्यकाल नछोड्ने भएको छ। चुनाव अगाडिका १४÷१५ महिना कांग्रेसलाई आफूहरुले सरकारको नेतृत्व दिएकाले यसपटक कांग्रेसले आफूहरुलाई सहयोग गर्नुपर्ने माओवादीको तर्क छ।

साना दललाई लिएर सरकार बनाउने देउवाको दाउ

प्रधानमन्त्री देउवाले गैर कम्युनिष्टहरूलाई लिएर सरकार बनाउने प्रयास सुरु गरेका छन्। प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेसँगै देउवाले मधेशवादी दलसहित गैरकम्युनिष्टहरुलाई लिएर सरकार बनाउने तयारी गरेका हुन्। साना दल सबै जोड्दा सरकार बनाउन सिट आउँछ। सोही अनुसार उनले नागरिक उन्मुक्ती पार्टीका रेशम चौधरीलाई छुटाउन अध्यादेश जारी गरेका छन्। यद्यपी फौजदारी कानुन संशोधन गर्ने सो अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई लिएर सरकार बनाउनेतर्फ पनि देउवाले विकल्प खुला राखेका छन्। सरकार निर्माणका लागि १३८ सिट चाहिन्छ। कांग्रेस ८९, रास्वपा २० , राप्रपा १४, जसपा १२, जनमत पार्टी ५, नागरिक उन्मुक्ती ३, लोसपा ४ सिट रहेको छ। गैरकम्युनिष्टहरुको मत जोड्दा १४७ सिट हुन्छ। ‘कम्युनिष्टहरुसँग उहाँ (देउवा)को दृष्टिकोण फरक छ। उहाँ प्रचण्डले धोका दिन सक्नेतर्फ सचेत हुनुहुन्छ। सोही कारण मधेशवादी दलसहित साना दलहरुलाई लिएर सरकार बनाउनेबारे छलफल पनि गर्नुभएको छ,’ बालुवाटार स्रोत भन्छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img