spot_img

सातामा प्रतितोला चार सय ले घट्यो सुनको मूल्य

spot_img

काठमाडौं, यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ उक्त मूल्यले ओरालो लागेको जनाएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ कायम थियो । जुन, हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रूपैयाँ छ ।

यो साता सुनको मूल्य बढेर प्रतितोला १ लाख १ हजार रूपैयाँसम्म पुगेको थियो । साताको बिहीबार एकैदिन तोलामा ८०० रूपैयाँले बढेर उक्त मूल्यमा कारोबार भएको थियो ।यसैगरी, यो साता चाँदीको मूल्य तोलामा २० रूपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा २० रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img