रूपक कुलाल,डाेल्पा
निमा धार्के गुरूङ डाेल्पाकाे शे-फाेक्सुण्डाे गाउँपालिका अन्तर्गतकाे वडा नम्वर ५ मा जन्मेका हुन्। काठमाडाैँमा एचए पास गरेपछि गाउँघरकै सेवामा गुरूङ हिजाेआज सेवामा समर्पित हुन्। सरकारी सेवामा प्रवेश गरे लगत्तै कर्णाली अंचलकै विभिन्न सेवा गरेका थिए । हाल जन्मथलाे साल्दाङ स्वास्थ्य चाैकीकाे इन्चार्ज समेत रहेका गुरूङ गाउँगाउँ पुगेर जनतालाइ स्वास्थ्य सेवा दिन अग्रसर छन्।
मंसिर पुसकाे महिना हिमाली भेगमा पर्ने यस गाउँपालिकाकाे क्षेत्रमा अत्यधिक चिसाे छ। यहि चिसाे माैंसममा एचए गुरूङ घाेडामा औषधि र खाना बाेक्दै गाउँ गाउँ पुगेर सेवा दिइरहेका छन्। विशेषगरी गाउँपालिका भित्रका सबै गाउँहरूमा पुगेर जनतालाइ प्रथम चरणको Hepatitis B, screening तथा Vaccination को लागि घोडामा Ice Box झोलामा राखी सबैखाले विरामीहरूलाइ सेवा दिने काम भइरहेकाे गुरूङ बताउँछन्। भाैगाेलिक विकटता एक गाउँबाट अर्काे गाउँ पुग्न निकै समय लाग्ने गरेकाेले बाटोमा खाने खानेकुरा राखेर घोडा सहित सेवामा जटिरहेका छन्। जन्मभुमीका सबै जनमानसलाइ सेवा दिन पाउँदा दुख नभइ गर्भकाे महशुस भएकाे गुरूङकाे भनाइ छ।
राज्य सुविधाबाट टाढा रहेका यस भेगका जनता अहिले गाउँगाउँमा स्वास्थ्य सेवा पाउँदा दंग छन्। मेडीकल सामग्रीका लागि डाेल्पाे टुल्कु च्यारिटेवल फाउन्डेसनले सहयाेग गरिरहेकाे छ भने व्यवस्थापनमा गाउँपालिका स्वयम्ले हात अगाडी बढाएकाे छ।



















