spot_img

“उपल्लाे डाेल्पाका ३ वटा गाउँपालिकामा हेपाटाइटिस-वी नियन्त्रणकाे अभियान तिव्र,२०२३सम्म सम्पन्न गर्ने लक्ष्यःसरकारकाे पुगेन ध्यान,स्थानीय युवाहरू जुटेर सञ्चालन् गरिरहेका छन् अभियान”

spot_img

रूपक कुलाल,डाेल्पा

उपल्लाे डाेल्पामा पर्ने ३ गाउँपालिका, डाेल्पाे बुद्ध गाउँपालिका, छार्काताङसाेङ गाउँपालिका र शे फाेक्सुण्डाे गाउँपालिकाे २५-३५ प्रतिसत जनसंख्यामा खत्तरनाक राेग हेपाटाइटिस-बी फैलिएकाे अनुमान थियाे। अप्रत्यक्ष रूपमा फैलिएकाे यस राेगलाइ नियन्त्रण गर्न सन् २०२० देखि उपल्लाे डाेल्पाका ३ वटै गाउँपालिकाहरू संगकाे समन्वयमा हेपाटाइटिस बी नियन्त्रणका लागि भिजन डाेल्पाे, डाेल्पाे टुल्कु च्यारिटेवल फउान्डेसन,नाेम्याड क्लिनिक र एक्सन डाेल्पाे लगाएत विभिन्न भातृसंस्थाहरुकाे सहयाेगमा विशेष अभियान सञ्चालन गर्दै आएकाे छ।

सन् २०२० र २०२१ मा डाेल्पाेबुद्ध गाउँपालिका भित्रका सबै वडाहरुमा र छार्का ताङसाेङ गाउँपालिकाकाे वडा नं १ मा हेपाटाइटिस बि नियन्त्रण तथा राेकथमका लागि हेपाटाइटिस बिकाे स्कृनिङ तथा बक्सिनेसन कार्यक्रम सञ्चालनकाे काम सम्पन्न भैसकेकाे डाेल्पाे जनजाति विकास केन्द्र तथा भिजन डाेल्पाे संस्थाका अध्यक्ष ग्याल्पाे थापा भाेटेले जानकारी दिए। यस्तै सन् २०२२ काे नाेभेम्बर महिनामा शे-फाेक्सुण्डाे गाउँपालिकाकाे सहकार्यमा वडा नं १ देखि ६ सम्म हेपाटाइटिस-बि काे स्कृनिङ गरि दुई चरणको बक्सिन लगाउने काम समेत सम्पन्न भएकाे छ। भाैंगाेलिक बिकटा, बाटाेकाे सुविधा नभएको र काेल्डचेन मेन्टेन गर्नु पर्ने भएकाले ३००० थान खाेप काठमाडौं देखि साल्दाङ स्वास्थ चाैकि सम्म हेलिकप्टरमा गत नाभेम्बर महिनामा पुर्याइयाे।

अध्यक्ष भाेटेका अनुसार वडा नं ७ मा भने अहिले बाटाेमा हिउँकाे कारण जान नसकेकाे र वडा नं ८,९ काे लागि फाेक्सुण्डाे स्वास्थ्य चाैकाका स्वास्थ संयाेजक पारस शाहसँगकाे समन्वयमा बक्सिन दुनै हस्पिटलकाे रेफ्रिजिरेटरमा राखि समय अनुकुल स्कृनिङ गरि खाेप लागउने का भइरहेकाे छ। याे वर्षकाे अभियानमा बढि जसाेलआर्थिक सहयोग भिजन डाेल्पाे मार्फत Rotary Club Tours-Ronsard-France ले गरेकाे छ भने डाेल्पाे टुल्कु च्यारिटेबल फाउन्डेसनकाे पनि सहयोग रहेकाे छ।

“सन् २०२३काे जुन तिर शे फाेक्सुण्डाे गाउँपालिकामा तेस्रो खाेप लगाउने र छार्का ताङसाेङ गाउँपालिकाे बाँकि वडाहरुमा यहि अभियान सञ्चालन गर्ने याेजना रहेकाे अध्यक्ष भाेटे बताउँछन्। यसका लागि सबैमा सहयोगकाे अपेक्षा समेत रहेकाे अध्यक्ष भाेटेले आशा व्यक्त गरे। दुर्गम र भाैतिक,आर्थिक हिसावले पिछाडिएकाे क्षेत्र उपल्लाे डाेल्पा संघ र प्रदेश सरकारमा धेरै पहल गरेता पनि कुनै सहयाेग नपाएपछि याे अभियान उपर डाेल्पाका युवाहरु मिलेर सुरु गरेकाे उनकाे भनाइ छ।

याे वर्षकाे अभियानमा सहयोग गर्ने सबैमा आभारि रहेकाे र विशेष गरि शे फाेक्सुण्डाे गाउँपालिकाे स्वास्थ संयाेजक सहितकाे टिम र दुनै हस्पिटलकाे डाक्टर अखण्ड उपाध्ययप्रति अध्यक्ष भाेटेले आभार प्रकट गरे। आगामि दिनहरुमा पनि उपर डाेल्पाका युवा वर्गहरु मिलेर यस्तै अभियान सञ्चालन गर्ने बताउँछन् ।

“यसरी भइरहेकाे छ अभियान सञ्चालन”

मंसिर पुसकाे महिना हिमाली भेगमा पर्ने यस गाउँपालिकाकाे क्षेत्रमा अत्यधिक चिसाे छ। यहि चिसाे माैंसममा एचए गुरूङ घाेडामा औषधि र खाना बाेक्दै गाउँ गाउँ पुगेर सेवा दिइरहेका छन्। विशेषगरी गाउँपालिका भित्रका सबै गाउँहरूमा पुगेर जनतालाइ प्रथम चरणको  Hepatitis B, screening तथा Vaccination को लागि घोडामा Ice Box झोलामा राखी सबैखाले विरामीहरूलाइ सेवा दिने काम भइरहेकाे गुरूङ बताउँछन्। भाैगाेलिक विकटता एक गाउँबाट अर्काे गाउँ पुग्न निकै समय लाग्ने गरेकाेले बाटोमा खाने खानेकुरा राखेर घोडा सहित सेवामा जटिरहेका छन्। जन्मभुमीका सबै जनमानसलाइ सेवा दिन पाउँदा दुख नभइ गर्भकाे महशुस भएकाे गुरूङकाे भनाइ छ। राज्य सुविधाबाट टाढा रहेका यस भेगका जनता अहिले गाउँगाउँमा स्वास्थ्य सेवा पाउँदा दंग छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img