काठमाडाैँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। आज उनले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। नेपाललाई भेट्न प्रचण्ड आज दिउँसो नेपाल निवास कोटेश्वर गएका थिए।
भेटमा आगामी सत्ता समीकरणका विषयमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ। गत शनिबार प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गरेका थिए। त्यसपछि प्रधानमन्त्रीसमेत सशंकीत बनेका छन्।